मङ्गलबार, फागुन ०५, २०८२

जेनजी आन्दोलन: ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाइ एशोसिएशन नेपाल, जेनजी युवा समूह लगाएत संघ संस्थाहरुले बुधबार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका हुन् ।

सो क्रममा उनीहरूले मौनधारण समेत गरेका थिए ।

भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७४ जनाको ज्यान गएको छ ।

सरकारले जेनजी युवाहरुको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुको सम्मान स्वरूप बुधबार राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको थियो ।