मङ्गलबार, पुष २९, २०८२

बेथितिविरुद्ध काठमाडौंमा जेन-जीले प्रदर्शन गर्दै, तोडफोडमा उत्रिए कारबाही

काठमाडौं । जेन-जीले बेथितिविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं सुरक्षा कडा तयारीमा जुटेको छ । जेनजीले सोमबार शान्तिपूर्ण रूपमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने बताएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी सीडीओ छवि रिजालले पनि जेनजीहरू आएको पुष्टि गर्दै भने, आजको प्रदर्शन निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजको प्रदर्शनका बैठक बसेर सुरक्षा रणनीति बनाइएको छ । प्रहरीले प्रदर्शनमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्ने र तोडफोड भए कारबाही हुने जनाएको छ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूका छोराछोरीको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेन(जीले प्रदर्शनको घोषणा गरेका हुन् ।
जेनजीले सुरक्षाका लागि सडकमा खटिएका प्रहरीलाई नै फूल दिएर प्रदर्शन सुरु गर्ने बताएका छन्

समय, स्थान, संख्या र नेतृत्वको हिसाबले हेर्दा आन्दोलन चुनौतीपूर्ण बन्न सक्ने आँकलन गरिएको छ ।आन्दोलनमा हुनसक्ने सम्भावित घटनाको विश्लेषण गरेर सुरक्षा रणनीति बनाउन सुरु गरेको छ ।
प्रदर्शनको मुख्य चुनौती नेतृत्वको हुनसक्छ । अहिलेसम्म आन्दोलन कसले नेतृत्व गर्ने भन्ने देखिँदैन । यस्तो हुँदा समस्या आउन सक्ने बुझाइ सुरक्षाका जानकारहरूको छ ।
आन्दोलनमा बलियो नेतृत्व नहुँदा तर्क गर्नेभन्दा पनि भौतिक क्षति बढी हुनसक्ने सम्भावना सधैं रहने बुझाइ उनको छ ।

सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्ड चलाएर सोमबार प्रदर्शनमा उत्रिन लागेका जेन(जी उग्र भएर तोडफोडमा उत्रिए कारबाहीसम्म हुने बताइएको छ । सीडीओ रिजालले भने कानुनले तोके बाहेकको प्रदर्शन भयो भने कानुन बमोजिमकारबाही हुने बताएका छन् ।