आइतबार, जेठ ०६, २०८१

टोकियोमा स्वास्थ्य परामर्स शिबिर सम्पन्न

टोकियो,१६ फागुन । नेपाली आप्रबासीलाई लक्षित गरेर स्वास्थ्य परामर्स शिबिर सम्पन्न भएको छ ।
आइटवार टोकियोको आसागयास्थित एभरेष्ट इंटरनेशनल स्कुलमा संचालित शिबिरमा १८३ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
शिबिरमा टोक्यो महानगरपालिकाले निसुल्क एक्सरे सुबिधा उपलब्ध गराएको थियो भने जापान क्षयरोग एशोसियसनका चिकित्सकहरुले एक्सरे सेवामा प्राबिधिक सहयोग गरेका थिए । एक्सरे सुबिधा ७९ जनाले लिएका थिए । शिबिरमा आएका बिरामी मध्ये ५५ जनालाई थप उपचार आबशेक् भएकोले रेफेर पत्र उपलब्ध गराइएको छ । रेफेर पत्र पाएका बिरामीलाई थप उपचार सहज हुने र प्रारम्भिक उपचार सस्तो पर्ने अपेक्षा गरिएको छ । शिबिरमा मुटु रोग परिक्षण गर्नु पर्ने बिरामीको लागि बिशेस मुटु परिक्षण इको कार्डियोग्राम र मधुमेह ( सुगर ) परिक्षण पनि गरिएको थियो । शिबिरमा उच्च रक्तचाप , मधुमेह , पाचन प्रणाली समस्या , महिनाबारी समस्या , निसन्तान समस्या , कम्मर दुखाई र बेचैनी समस्या आदी रोगका बिरामी आएका थिए । शिबिरमा आएका ५ जना बिरामीलाई क्षयरोगको थप निधानको लागि रेफेर गरिएको छ । बिरामीलाई उसै दिन रिपोर्ट पनि व्याख्या गर्ने प्रबन्धका कारण निर्धारित समय भन्दा ढिलो साझ ७ बजे सम्म शिबिर संचालन गरिएको थियो ।

शिबिरमा जापानी चिकित्सक डा. ताकाशि शावादा र डा. तोमिता शिगेरुका अतिरिक्त नेपाली चिकित्सकहरु डा. सन्दिप शाक्य ,डा. प्रकाश शाक्य , डा. रिचा शाह ,डा. दिपेन्द्र गौतम र क्लिनिकल मनोबिद डा. विजय ज्ञवालीले आफ़्नो सेवा दिनु भएको थियो । शिबिरमा हामीले नगरे कसले गर्ने अभियान लगायत अन्य स्वफुर्त रुपमा आएका नेपाली जापानी स्वयम सेवकहरुले सहयोग गरेका थिए । एभरेष्ट इन्टरनेशनल स्कुलले शिबिर स्थल निसुल्क उपलब्ध गराएको थियो ।
शिबिरमा टोक्यो आसपासको क्षेत्रबाट पनि बिरामीहरु जचाउन आएका थिए । कूक भिसाका ब्यक्तीहरुको उल्लेखनिय सहभागीता शिबिरमा देखिएको थियो । शिबिरमा आप्रबासी क्षेत्रमा काम गर्ने केहि जापानी बिज्ञहरु अबलोकनको लागि आएका थिए ।

जापानमा रहेका नेपाली चिकित्सकहरुको निजी खर्चमा गरिएको शिबिरलाइ डा.दिपेन्द्र गौतमले सयोजन गर्नु भएको थियो । शिबिरको अन्त्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबै प्रती डा .गौतमले धन्यवाद ज्ञापन गर्नु भयो ।
IMG_8970 IMG_8971 IMG_8972 IMG_8973