शुक्रबार, बैशाख ०७, २०८१

मोदीलाई जानकपुरमा भब्य स्वागत,जानकी मन्दिरमा पूजा-अर्चना

काठमाडौं,२८ वैशाख । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् ।

 शुक्रबार मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट गाडी चढेर मोदी जानकी मन्दिरमा आएका छन् । मोदीले त्यहाँ पूजा गरेका छन् ।

जानकी मन्दिरमा पूजा गरिसकेपछि ओली र मोदीले जनकपुर-अयोध्या सीधा बस सेवाको शुभारम्भ गरेका छन्  ।

नेपालको २ दिने राजकीय भ्रमणका क्रममा जनकपुर आइपुगेका मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ ।

मोदी आजै दिउँसो १ बजेपछि काठमाडौं आउने तय भएको छ । मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा मिलाइएको छ । त्यसैले उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।

होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।

आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।