काठमाडौं,२४ चैत । यातायात व्यवस्था विभागले सबै सडकमा रट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको छ ।
यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको मर्मका आधारमा देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन विभागले निर्देशन दिएको हो ।
सरकारले सिन्डिकेट मान्दैनौं भने पनि देशभरका सार्वजनिक यातायातमा अघोषित सिन्डिकेट कायमै छ । तर, पछिल्लो पटक अरनिको राजमार्गमा सिन्डिकेट तोडिएको छ ।
मयुर यातायातले काठमाडौं(बनेपा रुटमा सवारी चलाउन इजाजत पाएपछि ११ वटा समितिले विरोध गरेका थिए । उनीहरुले सिन्डिकेट कायम राख्न सवारी नै बन्द गरेर आन्दोलन गरेका थिए । तर, सरकारले उनीहरुको आन्दोलनका सामू झुक्नुको साटो थप कम्पनीलाई रुट अनुमति दिएपछि सिन्डिकेट तोडिएको छ ।
यसबाट हौसिएको विभागले देशभरका सडक पनि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।
शुक्रबार मातहतका कार्यालयहरुलाई परिपत्र गरी रुट परमिट खुलाउन निर्देशन दिइएको विभागका महानिर्देशक रुपनाराण भट्टराईले जानकारी दिए ।